मंगलबार शेयरमा गिरावट • Image Khabar Image Khabar


मंगलबार शेयरमा गिरावट


Imagekhabar
३० भाद्र २०७७, मंगलवार १८:५५

मंगलबार शेयरमा गिरावट

काठमाडौं, भदौ ३० । मंगलवार शेयर बजारमा सामान्य गिरावट आएको छ ।

सोमबारको तुलनामा मंगलवार नेप्से परिसूचक र कारोबार रकम दुवै खुम्चिएको हो ।

यसदिन चार अंकको गिरावट आउदा परिसुचक १५ सय ३६ पुगेर थामियो ।

सोमबार ३ अर्ब बढीको कारोवार भएको बजारमा मंगलवार २ अर्बको हाराहारीमा कारोवार भएको थियो ।

यसदिन १ सय ९३ कम्पनीको ६६ लाख ९७ हजार कित्ता बढी कित्ता शेयर २ अर्ब ११ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।

यसैबीच विगत केहीदिन देखि नेप्सेको टिएमएसमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्रालयका अधिकारीहरुले नेप्सेमा गएर समस्या तत्काल समाधानका लागि नर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्