Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


हलेसी महादेवस्थान परिसरमा होमस्टे


0
Shares

खोटाङ, भदौ २६ । हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीहरुको संगमस्थल विश्व प्रसिद्ध हलेसी महादेवस्थान परिसरमा होमस्टे सञ्चालनमा ल्याइने भएको छ ।

स्वदेश तथा विदेशबाट खोटाङको हलेसी घुम्न आउने पर्यटकलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानको माथिल्लो मल्खुमा हिन्दु संस्कारमा आधारित होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।

हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीहरुको त्रिधार्मिकस्थल भनेर चिनिने हलेसी महादेवस्थानस्थित माथिल्लो माल्खुमा हिन्दु संस्कारमा आधारित होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ ।

व्यावसायिकरूपमा गाई, स्थानीय जातका कुखुरा, टर्की, परेवालगायतका पशुपक्षी पालन तथा तरकारी खेती गर्दै आएका सुवेन्द्र गिरीको अध्यक्षतामा समिति गठन गरेर होमस्टे सञ्चालनसम्बन्धी तालिम दिनुका साथै आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ ।

यस क्षेत्रमा क्षेत्री-बाहुन समुदायको बाहुल्यता रहेकाले माथिल्लो माल्खुमा हिन्दु संस्कारअनुसार बालन, संगिनीलगायतका नाच सिक्ने/सिकाउने अभ्याससमेत भइरहेको होमस्टेका सञ्चालक सुविन्द्र गिरी बताउनुहुन्छ ।

हिन्दु संस्कारमा आधारित होमस्टेमा हलेसीबजारस्थित होटेल तथा लजमा बस्ने पाहुनालाई साँस्कृतिक कार्यक्रम हेर्न टिकट लिएर प्रवेश गर्न दिने व्यवस्था गरिएको हलेसी विकास समितिले जनाएको छ ।

२०७६ सालमा हलेसी कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिकरुपमा अगाडि बढेका गिरीले वार्षिक पाँच लाख कमाउँछन् ।

होमस्टे परिसरमा कच्ची सडकबाट १० मिनेटमा पुग्न सकिएपनि होमस्टे सञ्चालनमा भौतिक तथा साम्प्रदायिक सन्तुलनमा ध्यान पुर्‍याउन सके सुनमा सुगन्ध हुनेछ ।

भिडियो हेर्नुहोस्