
फाइल तस्वीरः फेसबुक ।
पर्वत, भदौ २६ । पर्वतमा कोरोना संक्रमणको जोखिम बढेपछि एक हप्ता कुश्माबजार ‘सिल’ गरिने भएको छ ।
शुक्रबार (आज) राति १२ बजेदेखि लागू हुनेगरी कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडामा सिल गर्ने निर्णय भएको हो ।
अत्यावश्यक कामबाहेक अरु सबैजसो सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार आउँदो असोज ३ गते राति १२ बजेसम्म सिल गर्ने निर्णय भएको हो ।
सिल गरिएपनि अत्यावश्यक सेवाका सवारी-साधनहरु भने सञ्चालन गर्न दिइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्