Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


पूर्व कम्युनिस्ट लडाकू बाटिस्टीद्वारा इटालीको जेलमा भोक हडताल सुरु


0
Shares

रोम । पूर्व कम्युनिष्ट लडाकू सिसेरे बाटिस्टीले इटालीको एक जेलमा मङ्गलबार भोक हडताल सुरू गर्नुभएको छ ।

उहाँलाई एकान्त कारावासमा राखिएको स्थानमा नै भोक हडताल सुरु गरेको इटालियाली समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

बाटिस्टी ६५ लाई सन् १९७० मा बामपन्थी आन्दोलन (क्रान्ति) को नेतृत्व गरिरहेका समय मारिएका चार व्यक्तिको हत्यामा दोषी ठहर गर्दै थुनामा राखिएको हो ।

इटालियाली सञ्चारमाध्यमले प्रकाशित गरेको बाटिस्टीले आफ्ना वकीललाई लेखेको पत्रमा भनिएको छ, “मेरा अधिकारहरूका लागि अन्य सबै उपायबाट थकित भएपछि सम्पूर्ण स्वास्थ्य सेवा अस्वीकार गर्न बाध्य छु र भोक हडताल सुरू गरेको छु ।”

इटालीको समाचार संस्था (आन्सा) ले बाटिस्टीका वकीललाई उद्धृत गरी लेखेको छ, “आफ्ना सेवाग्राही बाटिस्टालाई सार्डिनियाको भूमध्यसागरीय टापूमा कडा सुरक्षासहित ओरिस्टानो जेलमा ‘सबै सम्पर्क र गतिविधि’ बाट अलग गरी छ महिना राखिएको र यसबाट उहाँको मानव अधिकार हनन भएको छ । सबै कानुनी विकल्पहरू प्रयोग गरी अधिकारका लागि गरेका प्रयासप्रति प्रशासनले वेवास्था गरेपछि बाटिस्टाले यो अन्तिम विकल्प प्रयोग गर्नुभएको हो ।”

सन् १९७९ मा इटालीमा गैरकानुनी रूपमा सशस्त्र क्रान्तिकारी समूहमा लागेको आभियोगमा जेल परेका बाटिस्टी दुई वर्ष पछि जेलबाट भाग्नुभएको थियो र लगभग चार दशक उहाँले विभिन्न मुलुकमा भूमिगत जीवन विताउनुभएको थियो ।

अन्तराष्ट्रिय प्रहरी सञ्जालले उहाँलाई गत वर्ष जनवरीमा बोलिभियाबाट पक्राउ गरेको थियो भने पछि इटालीलाई सुपुर्दगी गरिएको थियो । रासस/एएफपी

Skip This