उदयपुरमा दैनिक रुपमा विद्युत कटौति, दशैंसम्म समस्याको समाधान हुने • Image Khabar Image Khabar


उदयपुरमा दैनिक रुपमा विद्युत कटौति, दशैंसम्म समस्याको समाधान हुने


Imagekhabar
२३ भाद्र २०७७, मंगलवार १६:१६

उदयपुरमा दैनिक रुपमा विद्युत कटौति, दशैंसम्म समस्याको समाधान हुने

उदयपुर, भदौ २३ । उदयपुरमा लगतारको विद्युत कटौतिले सेवाग्राहि मार्कामा परेका छन् ।

दैनिक सयौ पटक विद्युत आउने र जाने समस्याले गर्दा सेवाग्राहिले मोबाइल, कम्प्युटर, टेलिभिजन चलाउन पाएका छैनन भने कलकारखानामा पनि काम प्रभावित भएको छ ।

महिनौ देखि दैनिक रुपमा विद्युत कटौति भएपछि सेवाग्राहिले पटक–पटक सम्बन्धित निकायमा खवर गर्दासमेत सुनुवाई नभएको गुनासो गरेका छन् ।

जिल्लाको चौदण्डीगढी र बेलका नगरपालिकामासमेत विद्युत कटौति दैनिक रुपमा बढी रहेको छ ।

नेपाल विद्युत प्राधिकरण गाइघाटका प्रमुख रोशन कुमार सिंहले भने सिस्टमको खराबिको कारण विद्युत आउने जाने समस्या भएको बताउनुभयो ।

चौदण्डीगढी नगरपालिकामा कतै ९ त कतै ११ मिटरका विद्युतका पोल रहेका छन ।

प्रयोग भएको केबुलको कारण पनि विद्युत आउने जाने समस्या भएको प्राधिकरणले जनाएको छ ।

विद्युत आपुर्ति नियमित नहुदा उदयपुर सिमेन्ट जस्तो ठुलो उद्योगमा पनि समस्या परेको बताइएको छ ।

चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले भने दशैसम्म विद्युत कटौतिको समस्या सामधान हुने दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्