Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


दुई दिनदेखि बेपत्ता वडासदस्य मृत फेला


91
Shares

उदयपर, असार ३२ । दुई दिनदेखि बेपत्ता भएका उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडासदस्य रामबहादुर मगर सोमबार मृत फेलापरेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरकाअनुसार ३० गतेदेखि बेपत्ता भएका वडासदस्य मगर सोमबार बिहान स्थानीय सापुपाखोलाको किनारमा मृतावस्थामा फेलापरेका हुन् ।

मगरको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस