निहत्था अश्वेत अमेरिकीमाथि ज्यादती गर्ने सात प्रहरी निलम्बन • Image Khabar Image Khabar


निहत्था अश्वेत अमेरिकीमाथि ज्यादती गर्ने सात प्रहरी निलम्बन


Imagekhabar
१९ भाद्र २०७७, शुक्रबार ०९:३३

निहत्था अश्वेत अमेरिकीमाथि ज्यादती गर्ने सात प्रहरी निलम्बन

काठमाडौं । अमेरिकाको रोचेस्टर शहरका मेयर लभ्ली वारेनले एक निहत्था अश्वेत अमेरिकीलाई पक्राउ गर्ने क्रममा ज्यादती गर्ने सात प्रहरीलाई निलम्बन गरेकी छन् ।

पक्राउ गर्ने क्रममा प्रहरी ज्यादतीका कारण रोचेस्टरका अश्वेत अमेरिकी ड्यानिएल प्रुडको निधन भएको खबर बाहिरिएपछि मेयर वारेनले सात प्रहरी अधिकारीलाई निलम्बन गरेकी हुन् ।

नगरकी न्यायाधीवक्ताले यस घटनाको अनुसन्धान गरिरहेको पनि वारेनले बताएकी छन् ।

मानसिक स्वास्थ्य समस्या भएका ड्यानिएललाई प्रहरीले नियन्त्रणमा लिने क्रममा निधन भएको थियो ।

पक्राउ गर्ने क्रममा मानिसहरुमाथि थुकिरहेका ड्यानियललाई त्यसबाट रोक्नका लागि प्रहरीले स्पिट हूड लगाएको थियो ।

सोही स्पिट हूडका कारण निसास्एिर उनको निधन भएको बताइएको छ । संस्थागत रुपमा रहेको रंगभेदकै कारण ड्यानिएलको निधन भएको पनि वारेनले बताएकी छन् ।

४१ वर्षका ड्यानिएलको गएको मार्च ३० मै निधन भएको थियो । तर घटना भने अहिले मात्रै सार्वजनिक भएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्