कर्णालीमा दाउरा छोप्न गएका तीनजना बेपत्ता • Image Khabar Image Khabar


कर्णालीमा दाउरा छोप्न गएका तीनजना बेपत्ता


Imagekhabar
१८ भाद्र २०७७, बिहीबार १८:३७

कर्णालीमा दाउरा छोप्न गएका तीनजना बेपत्ता

राजापुर, भदौ १८ । बर्दियाको गेरूवा गाउँपालिका –४ का कर्णाली नदीमा दाउरा छोप्न गएका एक महिला र दुई पुरूष बेपत्ता भएका छन् ।

कर्णाली नदीको रजबन्धुवा घाटमा बिहान करीब ११ बजेतिर नदीमा दाउरा लिन गएका गेरूवा –४ जोधिपुरका ४० वर्षीय बलबहादुर रोकाय, १४ वर्षीय भरत कडायत र १४ वर्षीया पवी रोकाय बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयबासी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले बेपत्ताको खोजी गरिरहेको स्थानीय शिक्षक नारायण पौडेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्