भारतमा चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्स प्रतिबन्ध • Image Khabar Image Khabar


भारतमा चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्स प्रतिबन्ध


Imagekhabar
१८ भाद्र २०७७, बिहीबार ०६:४७

भारतमा चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्स प्रतिबन्ध

काठमाडौं । भारत सरकारले चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ ।

यसअघि जून महिनामा पनि भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।

भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।

विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा पैदा भएको जनाइएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यो कदमले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोग गर्नेहरुको समेत हितको रक्षा गर्ने भारतको साइबर स्पेसको सुरक्षा र सार्वभौमिकता सुनिश्चित गर्ने निश्चित गर्ने उल्लेख गरिएको छ ।

जसमा एन्ड्रोइड र आइओएसमा उपलव्ध केही मोबाइल एप्स प्रयोगकर्ताका डाटा अनौपचारिक रुपमा चोरी भएको र भारतबाहिर सर्भरमा पठाइएका रिपोर्टहरु समेत सरकारलाई प्राप्त भएको जनाइएको छ ।

लद्दाखस्थित सीमानामा दुई देशका सेनाबीच थप तनाव बढेपछि भारत सरकारले चीनप्रति कडा नीति लिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्