Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


सोलुदुधकुण्ड नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी


0
Shares

सोलुखुम्बु, भदौ १७ । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाले यही वर्षदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समावेश गरी नगरपालिकाले कक्षा ५ मा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

नगरपालिकाले पाठ्यक्रम निर्माण गरी वडागत रुपमा सुझाव संकलन सकेर अहिले टोलटोलमा सुझाव लिइरहेको छ ।

कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने योजना बनाएको नगरपालिकाले पाठ्यक्रममा स्थानीय जातजाति, भूगोल, संस्कृति, रहनसहन, भेषभुषा, पर्यटन, आर्थिक, सामाजिक राजनीतिक विषयलाई समावेश गरी एक सय पूर्णाङ्कको पाठ्यक्रम निर्माण गरिएको सोलुदुधकुण्ड नगरपालिकाका शिक्षा शाखा प्रमुख मेघनाथ शर्माले बताउनुभयो ।