मस्र्याङ्दीमा खस्यो मिनी ट्रक, गोताखोर टोलीद्वारा खोजी • Image Khabar Image Khabar


मस्र्याङ्दीमा खस्यो मिनी ट्रक, गोताखोर टोलीद्वारा खोजी


Imagekhabar
१७ भाद्र २०७७, बुधबार १२:४९

मस्र्याङ्दीमा खस्यो मिनी ट्रक, गोताखोर टोलीद्वारा खोजी

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजीकबाट आज बिहान मस्र्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरिएको छ । सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिनुभयो ।

“सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी शुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ ।”

प्रहरी उपरीक्षक पौडेलका अनुसार सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटामा देखिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्