Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


कमजोर आवाजविहीन नागरिकहरुको हत्या र विभेदमा राज्यले चासो नदिएकोमा आपत्ति


26
Shares

काठमाडौं । ‘न्यायका लागि मानवअधिकार’ नामक संस्थाले नेपालमा कमजोर आवाजविहीन नागरिकहरुको हत्या र सामाजिक विभेदका घट्नालाई राज्यले चासो नदेखाएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

केही साता यता क्रमिक रुपममा चितवनका राजकुमार चेपाङ्ग, रौतहटका विजय महरा, झापाका रसिक मियाको सुरक्षाकर्मीको नियन्त्रणमा रहेको अवस्थामा अधिकतम बल प्रयोग गरी हत्या भएको साथै रौतहटको हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या लगायतका घट्नामा राज्यले मृतकको जात, धर्म र आर्थिक हैसियतका कारण दोषि खोज्ने र कारवाही गर्ने कुनै तदारुकता नदेखाएको संस्थाको ठहर छ ।

यस्ता घट्नाले नेपालमा दण्डहिनताको संस्कृति संस्थागत हुनुका साथै समाजमा रहेका पिछडिएका एवम कमजोर बर्गमाथि अझ बढी दमन र थिचोमिचो भइरहेको उक्त संस्थाले जनाएको छ ।

संस्थाका संयोजक इन्द्र प्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै कानुनी शासन र मानवअधिकारको संरक्षणका लागि कमजोर आवाजविहीन बर्गले पनि न्याय अनुभूति दिलाउन घट्नाको निष्पक्ष छानविन गरी दोषिमाथि कडा कारवाही गर्न माग गर्नुभएको छ ।

Skip This