ओखलढुंगाको चैनपुरे टोल पहिरोको जोखिममा • Image Khabar Image Khabar


ओखलढुंगाको चैनपुरे टोल पहिरोको जोखिममा


Imagekhabar
११ भाद्र २०७७, बिहीबार १३:४१

ओखलढुंगाको चैनपुरे टोल पहिरोको जोखिममा

ओखलढुंगा । पहिरोका कारण ओखलढुंगाको गोगुने गाउँको चैनपुरे टोल जोखिममा छ ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १२ स्थित गोगुने गाउँको चैनपुरे टोल जोखिममा परेको हो ।

लिपेखोला कटानका कारण २०४७ सालबाट सुरु भएको पहिरो दीर्घकालीन रुपमा नियन्त्रण नहुँदा यहाँका एक दर्जन घरधुरी विस्थापित हुने अवस्थामा पुगेका छन् ।

पहिरो नियन्त्रणका लागि प्रयास भए पनि बालुवामा पानी हाले सरह भएको स्थानीय बताउँछन् ।

सयौं रोपनी जग्गा बगाइसकेको पहिरोलाई दीर्घकालीन रुपमा नियन्त्रण गर्न स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्