बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि, कोमानले गरे निर्णायक गोल • Image Khabar Image Khabar


बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि, कोमानले गरे निर्णायक गोल


Imagekhabar
८ भाद्र २०७७, सोमबार ०७:०६

बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि, कोमानले गरे निर्णायक गोल

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो ।

स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए ।

उनले जोसुवा किमिचको पासमा हेड गोल गरेका हुन् । पहिलो हाफमा भने दुबै टोलीले गोलको अवसर खेर फालेका थिए ।

यस सँगै बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

यता, पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ ।

बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि, कोमानले गरे निर्णायक गोल
प्रतिक्रिया दिनुहोस्