चथाः पर्व मनाइयो • Image Khabar Image Khabar


चथाः पर्व मनाइयो


Imagekhabar
६ भाद्र २०७७, शनिबार २०:१९

चथाः पर्व मनाइयो

काठमाडौं, भदौ ६ । नेवार समुदायले शनिबार घर-घरमा गणेश चतुर्थी चथाः चख मनाएका छन् ।

चथाः आज जसरी मनायो मोहनी दसैं पर्व पनि त्यस्तै हुने मान्यताका कारण चथाःलाई निकै महत्वका साथ लिइन्छ ।

यसदिन सिंहमा विराजमान हुने गणेशको विशेष पूजा गरी राति चन्द्रमा उदाएपछि खुँ द्यः र यमा द्यःलाईसमेत पूजा गर्ने गरिन्छ ।

विशेषगरी आज भुटेको आरुको बियाँ, मकै, भटमास, बकुला, फर्सीको बियाँ र केराउलगायतका विभिन्न थरीका गेडागुडी हलिमली खाने गरिन्छ ।

जनैपूर्णिमाको दिन गेडागुडी पकाएर खाइन्छ भने आजको दिन भुटेर टोलटोलमा मन्दिरअगाडि हलिमली राखी प्रसादका रुपमा बाँडेर खाने चलन छ ।

तर, यस वर्ष कोरोनाको महामारीका कारण मन्दिरहरुमा हुने यस्तो परम्पराहरु भने रोकिएको छ ।

गणेश मन्दिरहरुमा गुथियारहरुले क्षमापूजा गरेर घर-घरमा चथाः पर्व मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्