मोरङमा निषेधाज्ञा जारी, बर्दियामा १३ दिन लामो निषेधाज्ञा हट्यो • Image Khabar Image Khabar


मोरङमा निषेधाज्ञा जारी, बर्दियामा १३ दिन लामो निषेधाज्ञा हट्यो


Imagekhabar
६ भाद्र २०७७, शनिबार ११:५८

मोरङमा निषेधाज्ञा जारी, बर्दियामा १३ दिन लामो निषेधाज्ञा हट्यो

मोरङ । मोरङ प्रशासनले चारवटा स्थानीय तहमा निषेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमण तीब्र रूपमा फैलिएका कारण प्रशासनले चार स्थानीय तहका प्रभावित वडामा निषेधाज्ञा जारी गरेको हो ।

आजबाट लागू हुनेगरी विराटनगर महानगरपालिका, रंगेली नगरपालिकाका चार वटा वडा, कटहरी गाउँपालिकाका पाँच वटा वडा र बुढीगंगा गाउँपालिकाका चार वटा वडामा निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा भदौ १० गतेसम्म जारी हुने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकाका सबै वडामा निषेधाज्ञा जारी गरिएको छ । प्रशासनले निषेधाज्ञा जारी गरेको स्थानमा घरबाट बाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह गरेको छ ।

यता, बर्दियामा जारी १३ दिन लामो निषेधाज्ञा आजदेखि हटेको छ ।

जिल्ला प्रशासन कार्यलय गुलरियामा बसेको जिल्ला सुरक्षा समितीको बैठकले बिषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

निषेधाज्ञा हटाइए पनि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, भिडभाड नगर्न, भौतिक दुरी कायम गर्न, मास्क पञ्जा सेनिटाइजर लगायत स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न प्रशासनले सबैसंग आग्रह गरेको छ ।

जोर बिजोरका आधारमा जिल्ला भित्र निजी सवारी साधन संचालन गर्ने र सिमावर्ती क्षेत्रबाट हुन सक्ने आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्