Logo ७ माघ २०८२, बुधबार | Thu Jan 22 2026


साथीले नै गरेको साथीको हत्या : पहिला रक्सि खुवाए अनि घाँटी रेटे


0
Shares

रौतहट । गत साउन ३१ गते राति रौतहटको गरुडामा भएको युवकको हत्या आफनै साथीहरुले गरेको रहस्य खुलेको छ ।

युवकको हत्याको आरोपमा पक्राउ परेकालाई ७ जनालाई इलाका प्रहरी कार्यालय गरुडा रौतहटले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

गत साउन ३१ गते राती रौतहटको गरुडा नगरपालिका वाड नं. ८ जिगडियाका नन्दलाल रामको २० बर्षिय छोरा निरन्जन राम चमारको घाटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो ।

युवकको हत्याको आरोपमा सोही गाउका शेख गुलाबीका छोरा आजाद,मनोहर महराका छोरा अजय कुमार रन्जन, शशिभुषण यादबका छोरा बिबेक राय यादब मंगल रामको छोरा अर्जुन राम, हितलाल पासवानको छोरो सिकिन्द्र पासवान, पनिलाल महराको छोरा बिजय महरालाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका सबै मृतक चमारका साथी भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोले पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।

साथीहरु मिली निरन्जन रामलाई मार्ने योजना बनाई योजना अनुसार ३१ गते शनिबारको दिन भोज गरिएको थियो ।

भोजमा निरन्जन रामलाई अत्याधिक रक्सी खुवाएर मताई बाद बिवाद गरी पुर्व योजना अनुसार सबै साथीहरु मिलेर निरन्जन रामलाई बन्धक बनाई हत्या गरेको प्रहरी नायब उपरिक्षक महतोले बताए ।

मृतक चमार र शेख अजादको परिवारिक बिबादको कारण शेख अजाद समेतको योजनामा निरन्जन रामलाई फोनबाट बोलाई पार्टी खुवाई घाँटी रेटी कर्तब्य गरी मारेको अनुसन्धानबाट खुलेको डिएसपी महतोले बताए । -राजधानी दैनिकबाट