२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पहिरोमा बेपत्ता एक जनाको शव भेटियो, एक बालक अझै बेपत्ता


0
Shares

दैलेख । मगलबार राती गएको पहिरोमा बेपत्ता भएका भगवतीमाई गाउँपालिका–५ कट्टीका ६६ बर्षीय बलबहादुर रावतको शव भेटिएको छ ।

ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँका ११ बर्षीय बालक लोकेश कठायत भने बेपत्ता छन ।

उनको स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी हरिबहादुरओलीले जानकारी दिनुभयो ।

बिहीबार लोहोरेखोलाले बगाउँदा नौमूले गाउँपालिका–४ कालिकाका २१ बर्षीय भविलाल बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।