कैलालीमा बिहीबार रातिदेखि भदौ १४ गतेसम्म निषेधाज्ञा • Image Khabar Image Khabar


कैलालीमा बिहीबार रातिदेखि भदौ १४ गतेसम्म निषेधाज्ञा


Imagekhabar
३ भाद्र २०७७, बुधबार २०:१८

कैलालीमा बिहीबार रातिदेखि भदौ १४ गतेसम्म निषेधाज्ञा

बिराज रोस्यारा (इमेज)

कैलाली, भदौ ३ । कैलालीमा बिहीबार राति १२ बजेदेखि यही भदौ १४ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ ।

बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बिहीबार (भोलि) राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो ।

उक्त अवधिमा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा तथा क्षेत्र बन्द रहने उहाँले बताउनुभयो ।

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता सेवा सञ्चालनमा भने रोक नलगाइने जनाइएको छ ।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्