कोरोना भाइरसविरुद्धको चिनियाँ भ्याक्सीन डिसेम्बर सम्ममा बजारमा • Image Khabar Image Khabar


कोरोना भाइरसविरुद्धको चिनियाँ भ्याक्सीन डिसेम्बर सम्ममा बजारमा


Imagekhabar
३ भाद्र २०७७, बुधबार ०९:५८

कोरोना भाइरसविरुद्धको चिनियाँ भ्याक्सीन डिसेम्बर सम्ममा बजारमा

काठमाडौं । चीनले यही वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सीन तयार पार्ने घोषणा गरेको छ ।

चिनियाँ फर्मा कम्पनी सिनोफर्माले संयुक्त अरब ईमिरेट् (यूएई)मा भ्याक्सीनको तेस्रो चरणको परीक्षण भइरहेको जनाएको छ ।

यो परिक्षणपछि यही वर्षको डिसेम्बर सम्ममा बजारमा उपब्ध हुने कम्पनीको विश्वास छ ।

सिनोफार्मका अध्यक्ष लिउ जिंगझेनले स्वयं आफैंमा भ्याक्सीन परिक्षण गरेको र उनमा कुनै खालको दुष्प्रभाव नभएको कम्पनीको दाबी छ ।

परीक्षणमा रहेको उक्त भ्याक्सीनको मुल्य १ हजार यूआन पर्ने बताइएको छ । चीनमा भ्याक्सीनको मुल्यलाई लिएर विवाद भइरहेको छ ।

यो मूल्य चीनका ग्रामीण भेगका आर्थीक अबस्था कमजोर भएका जनताका लागि महंगो हुने र उनीहरुले प्रयोग गर्न नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

यद्यपी चीनमा पछिल्लो समय समुदाय स्तरमा संक्रमण न्युन हुँदै गएको पाइएको छ ।

हाल विश्वमा करीब २ सय कोरोना भ्याक्सीनको परिक्षण भईरहेको र त्यसमध्य २० भन्दा बढी मानिसमा परिक्षण गर्न सकिने गरी तयार गरिंदैछ ।

चीनको बेइजिङ र वुहानमा मात्रै हरेक वर्ष करोडौं संख्यामा भ्याक्सिन उत्पादन गर्न सक्ने क्षमताका कम्पनी रहेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्