
अछाम । मंगलबार रातीदेखि आएको अविरल बर्षापछि कैलाश खोलामा आएको बाढीले लाखौंको क्षति पु¥याएको छ ।
खोलाले मंगलसेन नगरपालिका वडा नम्बर १४ र बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ६ दर्नामा स्थित पक्की पुल बगाएको छ । छेउछाउका खेतहरु बगरमा परिणत भएका छन ।
रामारोशन, मुजाबगर, गजडबजार, सेरि खेत, पुलबजार आसपासका खेत, कोसेडालगमयका क्षेत्रका खेतमा बाढी पसेको छ ।
निरन्तरको बर्षाका कारण रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर, गजडबजार लगायतका स्थानहरुमा क्षति भएको छ
प्रतिक्रिया दिनुहोस्