
तस्विर : फाइल
	    काठमाडौं, साउन ३२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सोमबार बिहान बस्ने भएको छ ।
बिहान ११ बजे बस्ने सचिवालय बैठकमा पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल हुने बताइएको छ ।
गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय प्रवेश भएपछि पटक पटक स्थागीत भएको छ ।
पार्टीको आन्तरिक विवादबीच गत १३ साउनमा स्थायी कमिटी बैठक स्थगित भएपछि अझै निरन्तरता पाउन सकेको छैन ।
यसबीचमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति भएपछि विवाद हल गर्न भन्दै महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाइएको थियो ।
सो कार्यदलले काम गरिरहेको बेला नेकपाले सचिवालय बैठक बोलाइएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्