हेटौंडामा ट्रक र अटो ठोक्किँदा दुईजनाको मृत्यु • Image Khabar Image Khabar


हेटौंडामा ट्रक र अटो ठोक्किँदा दुईजनाको मृत्यु


Imagekhabar
२९ श्रावण २०७७, बिहीबार १५:५८

हेटौंडामा ट्रक र अटो ठोक्किँदा दुईजनाको मृत्यु

हेटौंडा, साउन २९ । हेटौंडामा ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१९ स्थित हेटौंडा नारायणगढ सडकखण्डको तिन्ताप्केमा बिहीबार हेटौंडाबाट नारायणगढतर्फ गइरहेको ना ६ ख १६११ न को ट्रक र मनहरी गाउँपलिकाबाट हेटौडातर्फ आइरहेको ना २ ह ३४६६ न को अटो एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटना लगतै घाइतेलाई हेटौंडा अस्पतालमा ल्याउँदा बाटोमै दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका– ५ डिल्लीपुरका ३२ वर्षीय बाबुराम रुम्बा र ३५ वर्षीय अमृत लोप्चन रहेका छन् ।

घाइते अटो चालकको थप उपचारका लागि हेटौंडाको चुरेहिल अस्पताल लगिएको छ भने ट्रक चालक महोत्तरी जिल्ला भगाहा नगरपालिका–४ का विजय श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्