फिदिम नगरपालिकाभित्र चक्रपथ निर्माण • Image Khabar Image Khabar


फिदिम नगरपालिकाभित्र चक्रपथ निर्माण


Imagekhabar
२९ श्रावण २०७७, बिहीबार ११:३३

फिदिम नगरपालिकाभित्र चक्रपथ निर्माण

पाँचथर । फिदिम नगरपालिकाभित्रको चक्रपथ सडक निर्माणको काम सकिएको छ । नगरपालिकाले तीन तरिकाबाट चक्रपथ निर्माण भएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले चक्रपथ निर्माणले समृद्धि र विकासको निम्ति सेतुको रुपमा काम गर्ने बताउनुभयो ।

सडकको ट्रयाक ओपन गरिएपनि सडकलाई बाह्रैमास सञ्चालन हुने गरी स्तरोन्नति र कालोपत्रे गर्दै लैजाने नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले बताउनुभयो ।

नगरपालिकाले मात्र सडक कालोपत्रे गर्न नसके प्रदेश र संघीय सरकारको सहयोग लिएर कालोपत्रे गर्न सकिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्