बेपत्ता पत्रकार बलराम बाँनियाको जुता बल्खु खोला छेउमा भेटियो « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


बेपत्ता पत्रकार बलराम बाँनियाको जुता बल्खु खोला छेउमा भेटियो


0
Shares

Balaram baniya death journalist

काठमाडौं । विगत तीन दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार बलराम बानियाँले लगाएको जुत्ता बल्खु चोक नजिकै खोलामा भेटिएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार बानियाँले लगाएको जुत्ता खोलामा फेला परेको हो ।

बानियाँकी छोरीले फेला परेको जुत्ता आफ्नो बुबाको भएको पुष्टि गरेको प्रमुख थापाले जानकारी दिनुभएको छ ।

प्रहरीले अहिले जुत्ता भेटिएको ठाउँ आसपास र सम्भावित क्षेत्रमा बानियाँको खोजी कार्य गरिरहेको छ । बानियाँको मोबाइलको अन्तिम लोकेशन बल्खुमै रहेको प्रहरीले जनाएको छ ।