१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


पुलबाट हाम्फालेकी युवतीको एपीएफ टोलीद्वारा उद्धार


0
Shares

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित डण्डा खोलाको पुलबाट हाम्फालेकी युवतीको शसस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ ।

सोही ठाँउ बस्ने २७ बर्षीया पबित्रा अधिकारीको एपीएफ टोलीले जीवितै उद्धार गरेको हो । उनले साउन २४ गते पुलबाट हाम्फालेकी थिइन ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो ।

निज अधिकारीले पुलबाट हाम्फालेको भन्ने जानकारी पाउनासाथ तत्कालै खटिएको एपीएफ टोलीले उनलाई उक्त खोलाबाट जीवितै बाहिर निकाल्न सफल भएको हो ।

निज अधिकारीलाई आवश्यक उपचारका लागि भिम अस्पताल भैरहवातर्फ पठाइएको छ ।स्रोत : एपीएफको फेसबुक