४ असार २०८२, बुधबार | Wed Jun 18 2025


काठमाडौं उपत्यकामा ८७ सहित ३६० जना कोरोना संक्रमित थपिए


0
Shares

काठमाडौं, साउन २२ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७ जना मृतक थपिएसंगै मृतकको संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो ।

अहिलेसम्म २१ हजार ७ सय ५० जना कोरोना संक्रमित भएका छने ।

पछिल्लो २४ घण्टामा ३ सय ६० जना नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको हो ।

जसमा काठमाडौं उपत्यकामा अहिलेसम्मकै उच्च ८७ जना थपिएका छन् ।

६ हजार २ सय ९६ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा दुई सय ३३ जना कोरोना भाइरसबाट निको भएर घर फर्केका छन् ।

हालसम्म १५ हजार ३ सय ८९ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनाको मात्र पीसीआर परीक्षण भएको छ ।

हाल ६ हजार २ सय ९६ जना आइसोलेसनमा रहेका छन् । ९ हजार ४ सय ७० जना क्वारेन्टिनमा छन् ।

यसैबीच मन्त्रालयले कुनै पनि कार्यालयमा सभा, गोष्ठी बन्द गर्न निर्देशन दिएको छ ।

त्यस्तै स्वाब संकलन भएका व्यक्तिले रिपोर्ट नआउन्जेल अनिवार्य क्वारेन्टिनमा बस्न पनि अनुरोध गरिएको छ ।

मन्त्रालयले चाडपर्वको मापदण्डसमेत जारी गरेको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.22

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.22#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Thursday, August 6, 2020