
मकवानपुर । गएराति वर्षासँगै चलेको हुरीबतासका कारण त्रिभुवन राजपथको दामन नजिकैको जङ्गलमा दर्जनौँ ठूला रुखहरू ढलेका छन् ।
हुरीबतासले राजपथको शिखरकोट–दामन खण्डको नयाँगाउँ भन्ने स्थानमा दर्जनौँ उतीसका रुख ढलेको स्थानीय ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका सदस्य राजकुमार पन्थले जानकारी दिनुभयो ।
रुख ढलेर सडक नै छेकिएपछि मध्यराति केहीबेर यातायात अवरुद्ध भएको थियो ।
सवारी चालक र सहयोगीहरुले ढलेका रुख पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको थियो ।
आज(बिहीबार) बिहान सडक विभागका स्थानीय कर्मचारीले सडकमा ढलेका रुख हटाएपछि सडक पूर्णरूपमा सञ्चालनमा आएको छ ।रासस
प्रतिक्रिया दिनुहोस्