ललितपुरमा भूकम्पको धक्का • Image Khabar Image Khabar


ललितपुरमा भूकम्पको धक्का


Imagekhabar
२१ श्रावण २०७७, बुधबार १७:४१

ललितपुरमा भूकम्पको धक्का

काठमाडौं, साउन २१ । काठमाडौं उपत्यकामा बुधबार अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ ।

अपराह्न ४ बजेर ३० मिनेटमा धक्का महसुस गरिएको हो ।

ललितपुरस्थित बंगलामुखी मन्दिर आसपास केन्द्रविन्दु रहेको ३.५ म्याग्निच्यूडको कम्पन मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सो धक्का विनाशकारी ‘गोरखा भूकम्प’कै पराकम्पन भएको केन्द्रको भनाइ छ ।

जमिन सतहबाट १०–११ किलोमिटरको गहिराइमा कम्पनको केन्द्रविन्दु रहेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्