
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ ।
लकडाउन हटेको भन्दै केही विभिन्न संघसंस्थाहरुले बैठक संचालन गर्न थालेपछि कडाई गरिएको हो ।
कोरोना जोखिम कायमै रहेको भन्दै भेला र बैठक नगर्न निर्देशन दिँदै उल्लघंन गरेको पाइए संक्रमणरोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।
प्रशानले चितवनका सातवटै स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई, गैरसरकारी संस्था महासंघ चितवन र जिल्ला सहकारी संघलाई आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्