अफगानिस्तानको कारागारमा आतंकवादी आक्रमणः मृत्यु हुनेको संख्या २्९ पुग्यो • Image Khabar Image Khabar


अफगानिस्तानको कारागारमा आतंकवादी आक्रमणः मृत्यु हुनेको संख्या २्९ पुग्यो


Imagekhabar
२० श्रावण २०७७, मंगलवार ०६:४०

अफगानिस्तानको कारागारमा आतंकवादी आक्रमणः मृत्यु हुनेको संख्या २्९ पुग्यो

काठमाडौं । अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा भएको आतंकवादी आक्रमणमा मृत्यु हुनेको संख्या २्९ पुगेको छ ।

मारिेनेमा कारागारका कैदीबन्दी, सुरक्षाकर्मी छन् । आक्रमणपछि भएको दोहोरो भिडन्तमा ८ जना हमलाकार पनि मारिएका छन् । ३ सय कैदी फरार छन् ।

इस्लामिक अतिवादी समुह आर्ईएसले आक्रमणको जिम्मेवारी लिएको छ ।

गत शुक्रबारदेखि ईद पर्वका अवसरमा सरकार र तालिबानबीच तीन दिने युद्धबिराम लागू भइरहेको अवस्थामा यो आक्रमण भएको हो ।

कारागारमा १७ सय ९२ कैदि रहेकोमा धेरैजसो तालिवानी र आईएसआईका लडाकु रहेको समामचार एजेन्सी आईएफसीले जनाएको छ । हमलाको लक्ष के हो भन्नेवारे भने पुष्टि भएको छैन ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्