विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ७६ लाख नाघ्यो, अमेरिका र ब्राजिल बढी प्रभावित • Image Khabar Image Khabar


विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ७६ लाख नाघ्यो, अमेरिका र ब्राजिल बढी प्रभावित


Imagekhabar
१९ श्रावण २०७७, सोमबार ०९:५०

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ७६ लाख नाघ्यो, अमेरिका र ब्राजिल बढी प्रभावित

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ७६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७६ लाख ६० हजार ५२३ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

यस्तै कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ८० हजार ८९४ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्