Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


अमेरिका र चीनबीच टकरावः चीनमाथिको प्रतिबन्धलाई थप कडाइ गर्ने अमेरिकाको तयारी


0
Shares

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी दिनमा चिनियाँ स्वामित्वमा रहेका सफ्टवेरहरुविरुद्ध थप कदम चाल्ने तयारीमा रहेको जानकारी दिनुभएको छ ।

फोक्स न्युजसँगै कुरा गर्दै उहाँले हालै अमेरिकाले चिनियाँ सफ्टवेयर टिकटकमाथि लगाएको प्रतिबन्ध चीनका लागि ठूलो धक्का भएको बताउँदै पोम्पियोले चिनियाँ सफ्टवेयरका कारण सुरक्षा जोखिम बढ्दै गएकालो कारबाहीको तयारी भइरहेको बताउनु भएको छ ।

अमेरिकामा रहेका कयौं चिनियाँ कम्पनीहरुले आफ्ना गतिविधिबारे निगरानी गरेको आशंका बढेकाले आगामी दिनमा चीनमाथि थप प्रतिबन्ध लगाउँदै जाने धारणा व्यक्त गर्नुभयो ।

अमेरिकाले लाखौंले प्रयोग गर्दै आएको चिनियाँ सफ्टवेयर टिकटकमाथि यसअघि नै प्रतिबन्ध लगाइसकेको छ । (एजेन्सी)