२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


अर्घाखाँचीको पिपिसी सिमेन्ट बजारमा


0
Shares

काठमाडौं, जेठ २६ । अर्घाखाँचीको पिपिसी सिमेन्ट बजारमा आएको छ । देशकै उत्कृष्ट र गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गरिएको आएको दाबी गर्दै कम्पनीले पिपिसी सिमेन्ट पनि बजारमा ल्याएको हो ।

कम्पनीले आइतबार पत्रकार सम्मेलन गरी पिपिसी सिमेन्टलाई बजार प्रवेश गराएको हो । कम्पनीका निर्देशक मनोज केडियाले नयाँ सिमेन्ट बजार प्रवेश गराएका हुन् ।

नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी गुणस्तर तथा नापतौल विभागबाट एनएस चिन्ह पाएसँगै कम्पनीले पिपिसी सिमेन्टलाई देशैभरीको बजारमा बिक्रीका लागि ल्याएको जनाएको हो । कम्पनीका निर्देशक पशुपति मुरारकाले आफुहरुले सिमेन्टको गुणस्तरीयता र तौलमा कुनै सम्झौता नगरेको बताए ।

आफ्नै खानीको चुनढुङ्गाको प्रयोग गरेर क्लिंकर बनाउने हुनाले आफ्ना उत्पादनहरुको गुणस्तरमा एकरुपता रहँदै आएको पनि उनले उल्लेख गरे ।

एउटै फ्याक्ट्री परिसरभित्र दुईवटा छुट्टाछुट्टै प्रोडक्सन लाइनमार्फत ओपीसी र पिपिसी उत्पादन गर्ने सम्भवतः यो नेपालकै पहिलो सिमेन्ट कम्पनी रहेको पनि मुरारकाको दाबी थियो ।

गाह्रो उठाउन र प्लाष्टरमा बढी प्रयोग हुने पिपिसी सिमेन्ट ओपिसीको तुलनामा १५ प्रतिशत बराबर सस्तो पर्ने जनाइएको छ ।