Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


युरोपियन गोल्डेन बुट चिरो इमोबिलको पोल्टामा


0
Shares

काठमाडौं । इटालियन सिरी ए तथा युरोपियन गोल्डेन बुट लाजिओका स्ट्राइकर चिरो इमोबिलेले जित्न सफल भएका छन् ।

सिरी ए फुटबल अन्तर्गत हिजो राति भएको यो सिजनको अन्तिम खेलमा नापोलीसँग ३–१ ले पराजित भएको लाजिओका लागि चिरोले २२ औँ मिनेटमा गरेको गोल यो सिजनको लिगमा गरेको ३६ औँ गोल बन्न सफल भयो ।

योसँगै उनले सिरी ए फुटबलमा एकै सिजन सर्वाधिक गोल गर्ने गोन्जालो हेगुइनको कीर्तिमानसँग बराबरी गरेका छन् ।

आफनो टिम पराजित भए पनि चिरोले घरेलुसँगै युरोपियन गोल्डेन बुट जित्न सफल भएका हुन् । युरोपका प्रमुख शीर्ष लिगमा सर्वाधिक गोल गर्ने व्यक्तिलाई प्रदान गरिने युरोपियन गोल्डेन बुट पनि चिरोले नै पाएका छन् ।

चिरोले तेस्रो पटक सिरी ए गोल्डेन बुट जितेका हुन् । यसअघि उनले सन् २०१३–१४ को सिजनमा २२ गोल गरेर तथा सन् २०१७–१८ को सिजनमा २९ गोल गरेर माउरो आइकार्डीसँग संयुक्त रुपमा गोल्डेन बुट जितेका थिए ।

यो सिजनको गोल्डेन बुट चिरोले जित्नु अघिका तीन सिजन बार्सिलोनाका मेस्सीले जितेका थिए । एजेन्सी