अयोध्यामा राम मन्दिरको शिलान्यासका दिन जानकी मन्दिरमा दीपावली गर्न आग्रह • Image Khabar Image Khabar


अयोध्यामा राम मन्दिरको शिलान्यासका दिन जानकी मन्दिरमा दीपावली गर्न आग्रह


Imagekhabar
१६ श्रावण २०७७, शुक्रबार १५:२०

janakpur

जनकपुरधाम, साउन १६ । भारतको अयोध्यास्थित श्रीराम जन्मभूमिमा हुने राम मन्दिरको शिलान्यास कार्यक्रमका दिन दीपावली गर्न जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्पर दास वैष्णवले आग्रह गर्नुभएको छ ।

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी महन्थ दासले कोरोनाभाइरस महामारीको कारण सहभागी हुन नसकिने भन्दै जानकी मन्दिरमै पूजापाठ गरी दीपावली गर्न आग्रह गर्नुभएको हो ।

महन्थ दासले अयोध्या कहाँ छ भन्ने वर्तमान राजनीतिक विवादमा नपरी पौराणिककालदेखि रहेको मिथिला र अवधबीचको साँस्कृतिक सम्बन्धको रुपमा लिएर सीताको ससुरालीमा उनकै घर बनिरहेको बुझेर दीपावली मनाउन आग्रह गर्नुभयो ।

यही साउन २१ गते अयोध्यामा भगवान् श्रीरामको मन्दिरको शिलान्यास हुन गइरहेको छ ।

ऐतिहासिक प्रमाणको आधारमा अवध र मिथिलाबीचको सनातन सम्बन्धको रुपमा बुझ्नुपर्ने महन्थ दासले बताउनुभयो ।

अयोध्या रामको जन्मभूमि र मिथिला जानकीको जन्मभूमि रहेको पौराणिक मान्यतालाई कसैले अन्त्य गर्न नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्