नेपाल प्रहरीलाई लाग्यो ‘नेकपा प्रहरी’ को आरोप, सूचना माग्दा पक्राउ गरिएकामा आपत्ति • Image Khabar Image Khabar


नेपाल प्रहरीलाई लाग्यो ‘नेकपा प्रहरी’ को आरोप, सूचना माग्दा पक्राउ गरिएकामा आपत्ति


Imagekhabar
१५ श्रावण २०७७, बिहीबार ११:३०

नेपाल प्रहरीलाई लाग्यो ‘नेकपा प्रहरी’ को आरोप, सूचना माग्दा पक्राउ गरिएकामा आपत्ति

काठमाडौं । ‘इनफ इज इनफ’का अभियन्ताहरुले नेपाल प्रहरीको विरोध गर्दै विहीबार महेन्द्र पुलिस क्लव प्रर्दशनीमार्ग अगाडी शान्तिपुर्ण रुपमा धर्ना दिएका छन् ।

‘सूचनाको हक’को निवेदन दर्ता गर्न हिजो गृह मन्त्रालय प्रवेश गर्न खोज्दा पाँच जना अभियन्ता पक्राउ परेपछि आक्रोशित उनीहरुले आज विहान धर्ना दिएका हुन् ।

अभियन्ताहरुले आफुहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएको १२ बुँदे सहमतिलगायतका नारासहित विरोध जनाएका हुन् ।

अभियानमा जोडिएकी विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले सरकार जघन्य शासनतर्फ उन्मुख रहेको बताउनुभयो ।

नेपाल प्रहरीलाई लाग्यो ‘नेकपा प्रहरी’ को आरोप, सूचना माग्दा पक्राउ गरिएकामा आपत्ति

यस्तै, अभियन्ता ज्ञानेन्द्र शाहीले अधिकांश मिडियाकर्मी र न्यायपालिकाहरु नै खरिद र बिक्रीमा रहेको आरोप लगाउँदै यस्तो परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिए ।

प्रदर्शनकारीहरुले केही समयअघि देखि नै पीसिआर परिक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुुनुपर्नेभन्दै देशैभरि विभिन्न स्थानमा अनसन, विरोध गर्दै आएका छन् ।

नेपाल प्रहरीलाई लाग्यो ‘नेकपा प्रहरी’ को आरोप, सूचना माग्दा पक्राउ गरिएकामा आपत्ति
प्रतिक्रिया दिनुहोस्