१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


लाखौं डलर भ्रष्टाचार गरेको अभियोगमा मलेसियाका पूर्व प्रधानमन्त्री नजीब जेल चलान


0
Shares

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्व प्रधानमन्त्री नजीब रजाकलाई १२ बर्षको जेल सजायँ तोकेपछी नजिब जेल चलान भएका छन् ।

‘वान मलेसिया डेभलपमेन्ट बरहड’ परियोजनामा लाखौं अमेरिकी डलर भ्रष्टाचार अभियोगमा दोषी ठहर भएपछि नजीब जेल चलान भएका हुन् ।

उच्च अदातलले उनलाई आपराधिक प्रयोजनका लागि बिश्वासघात गरेको, सम्पत्ती शुद्धिकरण तथा अख्तियार दुरुपयोग जस्ता अभियोगमा दोषी ठहर गरेको हो ।

नजिबले सो परियोजनाको कोषबाट १ करोड अमेरिकी डलर आफनो खातामा सारेको अदालतको ठहर छ । यद्दपी नजिबले भने आफुमाथिको अभियोग अस्विकार गर्दै आएका छन् ।

सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री रहँदा उक्त भ्रष्टाचार काण्ड सार्वजनिक भएपछी नजिबको सत्तारुढ पार्टी सन् २०१८ को अन्त्यमा भएको आमनिर्वाचनमा पराजित भएको थियो । एजेन्सी