Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


भीरबाट लडेर दुई महिलाको मृत्यु


0
Shares

रुकुम । भीरबाट लडेर रुकुम पश्चिममा दुई महिलाको मृत्यु भएको छ ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–३ कि सरिता बोहराको बाख्रा चराउन जाँदा भिरबाट लडेर मृत्यु भएको हो ।

लडेर गम्भीर घाइते भएकी सरिताको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको स्थानिय सिताराम देवकोटाले बताउनुभयो ।

त्यस्तै चौरजहारी नगरपालिका–११ खोलागाउँ निवासी ४० वर्षीया सुशिला मल्लको पनि लडेर मृत्यु भएको छ ।

घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा लडेर घाईते भएकी सुशिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

बाढिपहिरो र अन्य प्रकोपमा परी रुकुम पश्चिममा एक महिनामा मात्र ८ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।