
फाइल फोटो
म्याग्दी । बाढीपहिरोको कारण म्याग्दीका एकदर्जन बढी गाउँ पहिरोको उच्च जोखिममा परेका छन् ।
अविरल वर्षाका कारण बेनी नगरपालिकालगायत विभिन्न गाउँपालिकाका दर्जनौ वस्ती जोखिममा परेका छन् । पहिरोकै कारण २० घर परिवार विस्थापित भएका छन् ।
बेनी नगरपालिकाको बगरफाँटमा पहिरो जाँदा एक घर भत्केको छ भने पाँचवटा घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बेनी–अर्थुङ्गे हुदै पाखापानी जोड्ने सडकको नालीमा ढुंगामाटो जमेपछि फुटेर करिब १२ घर क्षतिग्रस्त भएका छन् ।
बेनी–महारानी थान जोड्ने सडक समेत अवरुद्ध भएको छ । सडकको माथिल्लो क्षेत्रबाट खसेको पहिरोमा उपल्लो मंगलाघाटका ८ घर उच्च जोखिममा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्