
बाग्लुङ । लगातारको बर्षाले बाग्लुङको तमानखोला गाउँपालिकामा पहिरो गएर एक घर पुरिँदा ३ जनाको मृत्यु भएको छ ।
पहिरोमा परि एक जना गम्भीर घाइते भएका छन् ।
खोलेस्बाङमा गए राति घर माथिको मोटरबाटो बाट पहिरो खसेर घर पुरिँदा स्थानीय होमबहादुर विकको १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रिता विकको मृत्यु भएको हो ।
विककी श्रीमती होमकुमारी विक घाइते भएकी छन् ।
निसीखोला गाउँपालिका वडा नम्बर १ हर्पेमा पहिरोले एक घर पुरिँदा एक जनाको मृत्यु भएको छ । त्यसैगरि कमल दमाईको ३ वर्षीय छोरा समिर परियारको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्