जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी • Image Khabar Image Khabar


जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी


Imagekhabar
१३ श्रावण २०७७, मंगलवार ०७:१८

जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

डडेल्धुरा । डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् ।

नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो ।

उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्