९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


सेयर साप्ताहिकः नेप्से घट्यो, कारोबारमा वृद्धि


0
Shares

काठमाडौं, असार ३० । यो हप्ता पनि नेप्से उच्चदरले घट्यो भने कारोबारमा वृद्धि आयो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १९१ कम्पनीहरुको दुई अर्ब ११ करोड ८८ लाख रुपैयाँ बराबरका ६१ लाख १२ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका छन् ।

कारोबार रकम गत साताकोभन्दा ५८.४४ प्रतिशत बढी हो । गत साता १८४ कम्पनीहरुको एक अर्ब ३३ करोड ७३ लाख रुपैयाँ बराबरका ४२ लाख ५४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२ अंकले घटेर अन्तिम दिन ११९१ अंकमा आइपुगेको छ ।

यो हप्ता सबै समूहगत परिसूचक ऋणात्मक रहँदा सबैभन्दा उच्च बिमा समूह २३१ अंकले ऋणात्मक रह्यो ।

यो साता कारोबार रकमको आधारमा एभरेस्ट इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो ।

एभरेस्ट इन्स्योरेन्सलाई प्राइम लाइफ इन्स्योरेन्स संस्थापक, नेपाल दूरसन्चार कम्पनी, लक्ष्मी बैंक अनि छिमेक लघुवित्त वित्त संस्थाले क्रमशः पच्छ्याउन पुगे ।