२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बझाङको ताक्लाकोट सडक खण्डमा पहिरो, सवारी आवतजावत बन्द


0
Shares

बझाङ । बझाङको ताक्लाकोट सडक खन्डमा पहिरो खस्दा सवारीसाधन आवतजावत बन्द भएको छ ।

गएराति परेको बर्षाका कारण ताक्लाकोट सडक खण्डको कपडे र सुनसकोटमा पहिरो गएको हो ।

सडकमा पहिरो खस्दा सवारी साधन गुड्न बन्द भएको छ । सदरमुकाम चैनपुरबाट छुटेका सवारी साधनहरु र ताक्लाकोटबाट सदरमुकाम चैनपुरतर्फ आउनका लागि छुटेका सवारी साधनहरु बीच बाटोमा नै अलपत्र परेको स्थानीय मकरराज धामीले जानकारी दिनुभयो । सडक खुलाउने प्रयास भैरहेको छ ।