२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रुकुम घटनाका मृतकलाई सहिद घोषणा गर्न माग


0
Shares

काठमाडौं, साउन ९ । दलित संघर्ष समितिले रुककुमा घटनामा मृत्यु हुनेहरुलाई सहिद घोषणा गर्न माग गरेका छन् ।

समितिले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्दै मृतकलाई सहिद घोषणा गर्न माग गरेका हुन् ।

सरकारले दलित युवाहरु मारिएपनि पीडितलाई न्याय दिन चासो नदेखाएको भन्दै २ महिनादेखि देशव्यापी रुपमा आन्दोलन गर्दै आएका छन् ।

उनीहरुले घाइतेहरुलई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारकासँग माग गरेका छन् ।

उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारसहित ६ जनाको मृत्यु भएको थियो ।