
–केदार कटुवाल/ ईमेज
उदयपुर । लकडाउन खुलेसँगै उदयपुरका साप्ताहिक हाट बजार संचालन हुन थालेका छन् ।
कोरोना संक्रमणको त्रास कायम हुँदासमेत बजारमा भीडभाड बढ्न थालेको हो ।
उदयपुरका कटारी, गाईघाट, मुर्कुची, बेलटार र रामपुरलगायतका प्रमुख बजार खुल्न थालेका छन् ।
बजार खुलेसँगै भोजपुर, खोटाङ, ओखलढुंगा, सिराहा, सप्तरी र सुनसरी जिल्लाका ब्यापारीहरुको चहल पहलसमेत बाक्लिएको छ ।
बजार खुलेसंगै उदयपुरको पुर्वी भेगमा भने कोरोना समुदायस्तरमै फैलिएको आशंका गरिएको छ ।
पछिल्लो समय बेलका नगरपालिकामा २ वर्षीया बालिकादेखि ७० वर्षीया हजुरआमासँगै एकै परिवारका चार जनासहित ८ जनामा कोरोना पुष्टि भएको छ ।
उनीहरु सबैको कोभिड १९ अस्पताल धरानमा उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले उदयपुरमा कोरोना संक्रमितको संख्या ८५ पुगेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्