धादिङको मौवाखोला पुलको मर्मत सुरु, पूर्ण रुपमा सवारी सञ्चालन हुन तीन दिन लाग्ने • Image Khabar Image Khabar


धादिङको मौवाखोला पुलको मर्मत सुरु, पूर्ण रुपमा सवारी सञ्चालन हुन तीन दिन लाग्ने


Imagekhabar
७ श्रावण २०७७, बुधबार १८:११

धादिङको मौवाखोला पुलको मर्मत सुरु, पूर्ण रुपमा सवारी सञ्चालन हुन तीन दिन लाग्ने

धादिङ, साउन ७ । बाढीले सडक कटान गरेर क्षतिग्रस्त भएको पृथ्वीराजमार्ग अन्तरगत धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुलको मर्मत कार्य सुरु भएको छ ।

गत सोमबार अविरल वर्षापछि आएको बाढीले पुलको धादिङतर्फको पुल र सडक जोड्ने भाग करिव ५ मिटर भत्काएको थियो ।

पानीको बहाव कम भएपछि बुधबार बिहानबाट खोलाको पानीलाई डाइभर्सन बनाएर पुनः पुल मुनीबाटै बगाइ निर्माण कार्य सुरु गरिएको हो ।

मर्मत सुरु भएपनि पुर्ण रुपमा सवारी आवागमन हुन तीन दिन लाग्ने सडक विभागका महानिर्देशक केशव शर्माले जानकारी दिनुभयो ।

पृथ्वीराजमार्गको गल्छीदेखि मौवाखोलासम्म ५० भन्दा बढी ठाउँमा खसेको पहिरो पन्छाइ राजमार्ग एकतर्फि रुपमा सुचालु गराइएको छ ।

पुल भत्किएपछि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, प्रधानमन्त्रीका विकास ब्यवस्थापन विज्ञ गजेन्द्र थपिलया, सडक विभागका महानिर्देशक केशव कार्की लगाएतले पुल निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्