वीरगन्ज जलमग्न, जिल्ला प्रशासन कार्यालय डुवानमा • Image Khabar Image Khabar


वीरगन्ज जलमग्न, जिल्ला प्रशासन कार्यालय डुवानमा


Imagekhabar
६ श्रावण २०७७, मंगलवार १२:५१

वीरगन्ज जलमग्न, जिल्ला प्रशासन कार्यालय डुवानमा

वीरगन्ज । भारी बर्षाका कारण पर्साका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

हिजोदेखिकोे अविरल बर्षाले वीरगन्ज महानगरपालिका क्षेत्र पनि जलमग्न भएको हो ।

सामान्य बर्षामा समेत जलमग्न हुने पर्साको प्रमुख प्रशासनिक केन्द्र जिल्ला प्रशासन कार्यालय अहिले डुवानमा परेको छ ।

ओमआश्रम, रानीघाट क्षेत्रमा नदीको बाढी पसेको छ । सिर्सिया नदीमा आएको बाढी नदीमा भरिएर वस्तीमा पसेको हो ।

भीषण बर्षाले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० र ३१ को बेल्वा, लालपर्सा लगायतका क्षेत्र डुबानमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्