रुप्से झरनाको बाढीले होटल, पुल र स्काभेटर बगायो, कालीगण्डकी नदीको बहाव बढ्यो • Image Khabar Image Khabar


रुप्से झरनाको बाढीले होटल, पुल र स्काभेटर बगायो, कालीगण्डकी नदीको बहाव बढ्यो


Imagekhabar
६ श्रावण २०७७, मंगलवार ११:५०

रुप्से झरनाको बाढीले होटल, पुल र स्काभेटर बगायो, कालीगण्डकी नदीको बहाव बढ्यो

म्याग्दी । वर्षाका कारण म्याग्दीमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ ।

अन्नपुर्ण गाउँपालिका–३ स्थित रुप्से झरनामा आएको बाढीले एक होटल ,पुल र स्काभेटर बगाएको छ ।

त्यसैगरी एउटा बस र पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

यता, कालीगण्डकी नदी र म्याग्दी नदीको बहाव बढेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

बेनी–जोमसोम सडक खण्ड अन्तर्गत पर्ने रुप्से झरनाको तल रहेको पुल बगाएको हो ।

जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीेले जनाएका छ ।

रुप्से झरनामा बाढी आएकोले कालीगण्डकी नदीमा पनि पानीको बहाब बढेकाले सबैलाई सतर्क रहन आग्रह गरिएको छ ।

बाढीले जलजला गाउँपालिका–२ मा पर्ने राम मन्दिरको भवन बगाएको छ ।

वाढीले दानामा निर्माणाधीन २ सय २० केभी क्षमताको सब स्टेशन र क्रशर उद्योग कटानको जोखिममा परेको छ ।

प्रतिक्रिया दिनुहोस्