२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राजविराज डुबानमा, सरकारी कार्यालय परिसर जलमग्न


0
Shares

सप्तरी । सप्तरी सदरमुकाम राजविराजस्थित प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराज र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयसहितका भु–भाग जलमग्न भएको छ ।

बजारकै कतिपय सडकहरु जलमग्न हुँदा सर्वसाधारणलाई हिडडुल गर्न कठिनाई भएको छ भने वडा नम्वर ६ का बिभिन्न बस्तीसमेत डुबानमा परेका छन् ।

घर–घरमा पानी पसेपछि खाना पकाएर खान पनि समस्या परेको छ ।

नगर प्रमुख शम्भुप्रसाद यादवले वर्षाको पानीले वडा नम्वर ५, ६ र १२ का करिब ५ सय परिवार प्रभावित भएकाले बताउनुभयो ।